स्वस्तिमा, प्रियंका लगायत दर्जनौं सेलिब्रेटीको ग्ल्यामरस र्याम्प वाक


काठमाडौं । चर्चित अभिनेत्रीहरू स्वस्तिमा खड्का, प्रियंका कार्की, नीति शाह, सृष्टि श्रेष्ठ, आना शर्मा, नम्रता श्रेष्ठ, मिस नेपाल प्रियंका रानी जोशी, मिस्टर नेपाल समर्पणजङ्ग कार्की, मोडल सविता कार्की, सोफिया भुजेल, आस्था पोखरेल लगायतका चर्चित सेलिब्रेटीहरू एउटै र्याम्पमा उत्रिएका छन्।

शुक्रबार साँझ आयोजित १४औं संस्करणको ‘जोय आइइसी डिजाइनर रनवे’ फेसन शोमा यी सेलिब्रेटीहरूले विभिन्न आकर्षक पहिरनसहित शो टपरको रूपमा उपस्थित भएका थिए।

जोय कस्मेटिक्स नेपालको प्रस्तुति रहेको सो फेसन शोमा ५० डिजाइनरहरूले तयार पारेका विविध पहिरनहरू मोडलहरूले १२ सिक्वेलमा प्रदर्शन गरे। भारतका चर्चित अन्तर्राष्ट्रिय कोरियोग्राफर यतिन नरेन्द्र गान्धीको विशेष सहभागिता रहेको उक्त कार्यक्रम दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सम्पन्न भयो। शोको व्यवस्थापन नेक्स्ट मोडल्स नेपालले गरेको थियो।

नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाका अनुसार फेसन शोको दोस्रो दिन शनिबार पनि भव्य रूपमा निरन्तर आयोजना हुनेछ।

आइइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीका अनुसार ‘आइइसी डिजाइनर रनवे’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरहरूलाई प्रवर्द्धन गर्नु हो। साथै, उनीहरूको सिर्जनशील डिजाइनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य रहेको छ।

यस वर्ष फेसन शो विगतका वर्षहरूभन्दा झन् भव्य रूपमा दुई दिनसम्म आयोजना गरिएको छ, जसमा आइइसी कलेजका २०२३ ब्याचका १०२ विद्यार्थी डिजाइनरहरूले तयार पारेका अनौठा र रचनात्मक पहिरनहरू २५ सिक्वेलमा प्रदर्शन गरिनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.