डब्बु क्षेत्रीको एकल रचनामा गजल संग्रह झरी


(सेलिब्रेटी नेपाल) काठमाडौँ
रंग पत्रकारबाट निर्देशक बनेका डब्बु क्षेत्रीको एकल रचनामा गजल संग्रह झरी बजारमा आएको छ। जुगल डंगोलको संगीत रहेको गजल संग्रह झरीमा भिन्न भिन्नै गायक गायिकाको आवाज रहेको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नेपाल सँगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा बरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटा र गीतकार डा. कृष्णहरि बरालले झरीको बिमोचन गरेका हुन्।Jhari-Dabbu-xetri बिमोचन समारोहमा झरीले रुझदा बोलको गजलको भिडियो पनि रिलिज गरिएको थियो। रिलिज गरिएको भिडियोमा नविन लम्साल र रुपा खनालको अभिनय रहेको छ। भिडियोलाई स्वयम् क्षेत्रीले नै निर्देशन गरेका छन्। पत्रकार तथा निर्देशक डब्बुले पाँच वर्ष लगाएर यो एल्बम तयार गरेको बताए उनि निर्देशित चलचित्र ‘राहदानी’प्रदर्शनको लागि तयार भएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.