‘हेल्लो काँशीराम’ मा दिलिप रायमाझीसँग प्रियंकाको नृत्य


काठमाडौं। आगामी जेठ २ गतेलाई प्रदर्शन मिति तोकिएको सिनेमा ‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको छ। सिनेमाको गीत ‘झ्यामकी मादल झ्याम’ को छायांकनका केही तस्बिर सार्वजनिक गरिएका छन्, जसमा अभिनेता दिलिप रायमाझीसँग अभिनेत्री प्रियंका कार्कीले नृत्य गरिरहेको देख्न सकिन्छ।

काठमाडौंमा आकर्षक सेट बनाएर खिचिएको उक्त गीतमा ६४ जना कोरस डान्सर छन् भने, कोरियोग्राफी कबिराज गहतराजले गरेका छन्। प्रताप दास र मेलिना राईको स्वर रहेको गीतलाई निर्माण टिमले नयाँ वर्षलाई लक्षित गर्दै सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

रिम विश्वकर्माको लेखन तथा निर्देशनमा तयार भएको सिनेमामा दिलिप रायमाझी, सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई , अर्जुन गुरुङ, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु लगायतका कलाकारको अभिनय छ।

प्रियंका कार्कीको विशेष भूमिका रहेको बताइएको छ । रेडलाइन फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता पी.बी. थापा हुन्। यस सिनेमालाई यम आलेले खिचेका हुन् । सिनेमामा द्वन्द्व निर्देशन शंकर महर्जन, सम्पादन मित्र डी. गुरुङले गरेका छन् । त्यस्तै पार्श्व संगीत शाश्वत श्रेष्ठको रहेको छ । निर्देशक रिम विश्वकर्माले सिनेमा कमेडी जनरामा निर्माण भए पनि केही भावनात्मक पक्षसमेत समेटिएको बताएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.