‘भोली तिमीलाई रुन नपरोस्’ भन्दै आए बद्री र पार्वती (भिडियो)


काठमाडौं । नेपाली गीतसंगीतको भीडमा हरेक दिन नयाँ नयाँ गीतहरु सार्वजनिक भई रहेका हुन्छन् । जति गीत आउँछन्, ती सबैले दर्शक र स्रोताको मन जित्न भने सकेका हुँदैनन् । तर पछिल्लो पटक भने एउटा फरक शैलीको गीत सार्वजनिक भएको छ । यो गीतले भने दर्शक र स्रोताको मन जित्ने निर्माण पक्षले अपेक्षा गरेको छ ।

गीतमा एउटा प्रेमी र प्रेमिकाले आआफ्नो भोगाई व्यक्त गरेका छन् । कसैलाई माया गरेर पछि धोका दिने प्रेमीप्रेमिकाका लागि यो गीत एउटा सन्देशमुलक पनि बन्न सक्छ । यसमा कसैले प्रेममा पर्दा सम्पूर्ण चीज नै दिन्छु भनेको तर पछि नराम्रो धोका दिएपछि यस्तो चोट तिमीलाई नपरोस् भन्दै कामना गरिएको छ ।

बद्री लोकमालाको प्रस्तुती लोक दोहोरी गीत ‘भोली तिमीलाई रुन नपरोस्’ सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा बद्रीप्रसाद सिटौला र पार्वती कार्कीको स्वर सुन्न पाइन्छ । लय र एरेन्ज सुफिक्स मदन तथा शब्द सरला तिमल्सिनाको रहेको यो गीत बद्री लोकमाला युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा बद्रीप्रसाद सिटौला, पार्वती कार्की, दिपक बस्नेत र मुस्कान घिमिरेको दमदार अभिनय रहेको छ । गीतको छायाँकन कलाकार साजन पराजुलीले गरेका छन् भने निर्देशन बद्रीप्रसाद सिटौलाले गरेका छन् । विष्णु शर्माको सम्पादन रहेको गीतको दृष्य निर्माण ई. नेपाल खबर प्रालिले गरेको हो ।