कुवेर तामाङको ‘मेरो जीवन तिमी’ मा संजित र नतिजा (भिडियो)


काठमाडौँ। कुवेर तामाङको शब्द तथा स्वरमा मा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ओएसआर डिजिटल मार्फत सार्वजनिक ‘मेरो जीवन तिमी’ बोलको गीतको भिडियो निर्देशन समेत गायक कुवेर तामाङको रहेको छ। कल्याण सिंहले संगीत गरेको गीत मेलोडियस बनेको छ। एरेन्जर पुष्कर सुनुवार हुन् भने भिडियोको छायांकन तथा सम्पादन मोहन सुनुवारले गरेका हुन्।

सांगीतिक आकाशमा अर्को एउटा सफल संगीत दर्शक समक्ष प्रस्तुत गर्न सफल भएकोमा गायक तथा निर्देशक कुवेर तामाङ आफ्नो काम दर्शकहरू समक्ष पेश गर्न पाएकोमा हर्षित भएको बताउँदै जे जस्तो प्रतिक्रिया आउँछ त्यसलाई सहर्ष स्वीकार्दै आगामी दिनहरूमा सोही कुरा लाई प्रेरणाको स्रोत बनाउँदै अघि बढ्ने बताउछन् । भिडियोमा संजित भण्डारी र नतिजा लुइँटेल फिचर्ड छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.