प्रकाशको ‘वसन्त’को ट्रेलर सार्वजनिक,जातीय द्वन्द र प्रेम


काठमाडौं। चैत २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘वसन्त’ को ट्रेलर सार्वजनिक गरिएको छ। शनिबार राजधानीमा एक कार्यक्रमा को आयोजना गर्दै चलचित्रको ४ मिनेट ५ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरले नेपाली समाजमा व्याप्त छुवाछुत र जातप्रथाका कारण उत्पन्न हुने जातीय भयलाई कथाको रूपमा प्रस्तुत गरेको छ।

ट्रेलरमार्फत प्रकाशको यो सिनेमाले नेपाली समाजको यथार्थ पस्किने संकेत दिएको छ। ट्रेलरको एक दृश्यमा प्रहरी अधिकारी बनेका अनुप बराल भन्छन्, ‘मान्छे कानुनसँग डराउँदैनन्, तर अन्धविश्वाससँग डराउँछ। अन्धविश्वास कानुनभन्दा माथि छ।’ यसको जवाफमा प्रकाशले सोध्छन्, ‘सर, मान्छेको जीवनभन्दा पनि माथि?’

नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुने चलचित्रमा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिवान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन , अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको यो सोसल ड्रामा चलचित्रमा कथा, पटकथा र संगीत स्वयं निर्देशक सपुतले तयार पारेका छन्।

चलचित्रका निर्माता मोहन विश्वकर्मा र बिन्दु बोहोरा हुन् भने कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.