काठमाडौं । चलचित्र ‘कर्मा’को पहिलो गीत सार्वजनिक गरिएको छ । चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको रत्यौली गीत सार्वजनिक गरिएको हो ।
‘सारी लगाइदेउ’ बोलको गीतमा सलिना बिकको स्वर छ । शब्द रचना सुष्मा सिग्देलको छ भने संगीत भाष्कर स्वारको छ । भाष्कर स्वार र सुवास पौडेलले एरेन्ज गरेको भिडियो मिक्सिङ तथा मास्टरिङ शास्वत श्रेष्ठले गरेका छन् ।
नेपाली समाजका टिपिकल शब्द प्रयोग गरिएको गीतले सांस्कृतिक झल्को दिन्छ । विशेषगरी रत्यौली संस्कृतिमा यो गीत तयार पारिएको छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विपीन कार्की, उपासना सिंह ठकुरीलगायतको अभिनय छ । रत्यौलीमा विपीनको प्रवेशले गीतको भिडियो रोमाञ्चक बनेको छ ।
महिलाको पहिरन र मेकअपमा विपीन देखिँदा भिडयो ठठ्यौली र रमाइलो पनि देखिएको छ । यो रत्यौलीको परम्परा र विश्वास पनि हो ।
सौरभ चौधरीको निर्देशन,आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको ‘कर्मा’ मा वसन्त लम्सालको लगानी रहेको छ । ‘कर्मा’मा विपीन र उपासनासँगै मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।
यो चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।
तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफए, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर, विजय बाश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् ।