भाईरलका पछाडि लाग्दाको प्रभाव र असरको परिणाम सिनेमा ‘भाईरल गोर्खे’


काठमाडौँ। आगामी वर्षको जेठ ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘भाईरल गोर्खे’ को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक सिनेमाको २ मिनेट ८ सकेण्ड लामो टिजरबाट सिनेमाको कथावस्तु प्रकाश पारिएको छ ।

नेपालमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाईरल हुन जे पनि गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दो क्रममा छ । भाईरलका पछाडि लाग्दाको प्रभाव र असरको परिणाम सिनेमाको सार्वजनिक टिजरमा देखाइएको छ।

सिनेमाको टिजरमा गोपाल पाँडे पात्रको भाईरल हुन गरेका विभिन्न हर्कत र भाईरल भैसकेपछि लाइभ बसेर फ्यानसँग साक्षात्कार गरेको अभिने पत्रकार ऋषि धमालसँग अर्न्तवार्ता गरेसम्मका दृश्यले दर्शकको मन जित्ने देखिन्छ ।

द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको सिनेमामा सौगात मल्ल र सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय रहेको छ । विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको सिनेमा सह-निर्माता भुवन अधिकारी र निखिल पौडेल हुन् ।

अमर महर्जनको सिनेमाटोग्राफी रहेको सिनेमालाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.