काठमाडौँ । आठौँ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारबाट सुरू भएको छ । ‘विश्वभरिका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा रहेको महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उद्घाटन गरे ।
कार्यक्रमका दाहालले निफको सफलताको शुभकामना ब्यक्त गर्दै यतिधेरै चलचित्रहरू नेपालमा एकसाथ प्रदर्शन हुनु राम्रो पक्ष भएको बताए । उनले विश्वको चलचित्रको बजारमा प्रतिस्पर्धा गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय दर्शकहरूबिचलाई भित्र्याउन आवश्यक रहेको धारणाा राखे ।
बागमती प्रदेशको रजिस्ट्रार रेवती सापकोटाले बागमती प्रदेशले नेपाली चलचित्र क्षेत्रमा एक महत्त्व अवसरहरू खोजिरहेको बताए । महोत्सव अन्तरगत नै आगामी शनिवार आयोजना हुने उक्त फिल्म डे मा रसियाको तीनवटा चलचित्र प्रदर्शन गरिनेछ । यसपटक महोत्सवमा ३ वटा अडियन्स च्वाइस अवार्ड र एआई अवार्ड थप पनि गरिएको छ । अडियन्स च्वाइस अवार्डको लागि चैत्र ७ गते देखि ११ गते दिनको ४ बजे सम्म खल्ती एप बाट भोटिङ गर्न सकिने ब्यवस्था गरिएको छ ।
समारोहको पहिलो दिन मिनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ प्रदर्शन भएको छ । ‘विश्वभरिका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नारा रहेको महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छानिएको छ ।
महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ । सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुचलचित्रलाई पाँच सय डलरको बागमती अवार्ड प्रदान गरिने जनाइएको छ ।
एआई चलचित्रलाई पाँच सय डलर राशिको मञ्जुश्री अवार्ड प्रदान गरिनेछ । नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई एक लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५०–५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।