फागुनमा १७ वटा चलचित्रले लिए निर्माण इजाजत, क-कसले निर्माण गर्दैछन् चलचित्र ?


काठमाडौँ। पछिल्लो समय नेपाली चलचित्रको निर्माण क्रम बढ्न थालेको छ। यति बेला दर्जन भन्दा बढी चलचित्रको छायांकन भई रहेको छ। दर्जन भन्दा बढी छायांकनमा जाने तयारी गरि रहेका छन्। चलचित्र निर्माणको लागी चलचित्र विकास बोर्डबाट इजाजत लिनु पर्छ। विकास बोर्डमा चलचित्र निर्माणको लागी गत फागुनमा मात्र १७ वटा चलचित्रले निर्माणको लागी इजाजत लिएका छन्। विकास बोर्डका अनुसार पछिल्लो समय निर्माण इजाजत लिने क्रम बढेको छ।

निर्माण इजाजत लिएका सबै चलचित्र निर्माण हुन्छन् भन्ने हुँदैन, तर इजाजत लिनु निर्माणको पहिलो चरण हो। निर्माण इजाजत लिनको लागी निर्माण कम्पनीको डकुमेन्ट,कथासार,निर्देशक संगको सम्झौता,मुख्य कलाकारहरु संगको सम्झौता अनिबार्य छ। फागुन महिनामा पहिलो अनुमति लिने चलचित्र मिलन चाम्सको ‘सुम्निमा’ रहेको छ। यसै गरि अन्य निर्मण इजाजत लिनेमा निखिल उप्रेतीको ‘आचार्य’,लक्ष्मण सुनारको ‘रेलको बाटो’, बिनोद पौडेलको ‘अभिमन्यु’,प्रशान्त गीरीको ‘जवाफ’लगायत छन्। ‘ताल्चा साँचो’,’घुम्तिनेर लेट भयो’, ‘टु लेट’,’ लाहुर’,’लाठ साहेब’,’हिमालयन गोल्ड’,’मेरी परी’,’पा’,’परेलीबास’,’भुकम्प -२०७२’,’मिरमिरे’,’परिवर्तन’ लगायतले फागुनमा निर्माण इजाजत लिएका छन् । यी मध्ये कतिपयले छायांकनमा जाने तयारी गरि सकेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.