नेशनल इभेन्ट म्यानेजमेन्ट एशोसिएसनको अध्यक्षमा रवि धमला


काठमाडौं । नेशनल इभेन्ट म्यानेजमेन्ट एशोसिएसनको प्रथम अधिवेशनले नेक्स्ट मोडल एजेन्सीका सञ्चालक रवि धमलाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । एशोसिएसनकी संस्थापक अध्यक्ष तथा नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरको प्रमुख आतिथ्यमा राजधानीमा भएको प्रथम अधिवेशनले रविको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले एशोसिएसनको उपाध्यक्षमा सुशीला थापा, सचिवमा डेभिल सिंह राजपुत, कोषाध्यक्षमा नितु श्रेष्ठ,सह–सचिवमा कृष्ण श्रेष्ठ, सह–कोषाध्यक्षमा विशाल पासवान चयन गरेको छ । त्यस्तै सदस्यहरुमा भरत समारी, अमिसा वली, समसाद शाह, छिरिङ शेर्पा र रवि लामा तामाङ निर्वाचित भएका छन् ।

संस्थापक अध्यक्ष मानन्धरले सम्पूर्ण कार्यक्रम आयोजकहरुको हकहितको लागि सधै आवाज उठाउदैं संस्थालाई अगाडि बढाउन सबैले महत्वपूर्ण भूमिका खेलेको बताइन् । नवनिर्वाचित अध्यक्ष धमलाले नेपालभर विभिन्न कार्यक्रम आयोजना तथा व्यवस्थापन गर्नेहरुलाई एकताबद्ध गर्ने र भोलीका दिनमा कार्यक्रम आयोजकहरुको हकहितको लागि आफ्नो काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।