मिलनको मधुर मिलन सार्बजनिक


(सेलिब्रेटी नेपाल) काठमाडौँ
नेपाली संगीत नगरीमा आफ्नो पहिलो एल्बम ‘मिलन’बाट उदाएकी गायिका अमात्यको दोस्रो एकल एल्बम ‘मधुर मिलन’ बजारमा आएको छ। राजधानीमा आयोजित एक कार्यक्रमका बीच ‘मधुर मिलन’लाई पुर्व प्रधानसेनापति रुक्मांगत कटुवाल, वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा लगायतका स्रष्ठाहरुले सार्वजनिक गरे। संगीतकार संघले आयोजना गरेको एल्बम सार्बजनिक कार्यक्रममा थुप्रै श्रस्टा र पत्रकार हरुको सहभागिता रहेको थियो।
Milan-amatya-singerभाइब्स क्रिएशनले बजार ब्यबस्थापन गरेको अमात्यको एल्बममा राजुबाबु श्रेष्ठको एकल शब्द रचना रहेको छ भने एल्बममा समावेश गीतहरुमा संगीत सुनिल मास्केले भरेका छन्। संगीत संयोजन सचिन सिंहको रहेको छ।

‘परदेशी किन लायौ माया’, ‘सोचे जस्तो भयो जीवन’, ‘चाहे गाली गर प्रिय’, ‘हजारौको भीडमा’ सहित ‘मधुर मिलन’मा पाँच वटा गीत समावेश छन्। जहाँ ‘परदेशी किन लायौ माया’ र ‘सोचे जस्तो भयो जीवन’ बोलको गीतको म्युजिक भिडियो समेत सार्वजनिक भएको छ। जुन म्युजिक भिडियोलाई क्रमशः आलोक नेम्वाङ र प्रदिप निरौलाले निर्देशन गरेका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.