अन्नपूर्णका महाप्रबन्धक मनोजलाई अमेरिकाबाट सम्मान


काठमाडौँ। मिडिया व्यवस्थापनमा उत्कृष्ट कार्यकौशल देखाउदै दुरदर्शी नेतृत्व प्रदान गर्न सफल भएको भन्दै न्यूयोर्क राज्यका एसेम्बली मेम्बर डेभिड आई वेप्रिनले अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतलाई सम्मानित गरेका छन । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा अमेरिकाको न्यूयोर्कबाट संचालिन मिडिया हाउस त्रिवेणी टाइम्सको सिफारिसमा उनलाई वेप्रिनले लिखित सम्मानपत्र सहित सम्मान गरेका हुन् ।

‘१५ बर्षदेखि बस्नेतको उत्कृष्ट कार्यकौशल र दुरदर्शी मिडिया व्यवस्थापनले गर्दा अन्नपूर्ण मिडिया नेटवर्कलाई अग्रणी नेपाली मिडिया हाउसको रुपमा चिनाउन अतुलनीय योगदान रहेको छ । यसका लागि म बस्नेतलाई सम्मान गर्दछु’ वेप्रिनले लिखित रुपमा प्रदान गरिएको सम्मानपत्रमा उल्लेख गरिएको छ । अन्नपूर्ण मिडिया नेटवर्क नेपालकै लोकप्रिय, उत्कृष्ट र प्रभावशाली मिडिया हाउस भएको भन्दै उनले प्रशंशा गरेका छन ।

वेप्रिन सन् २०१० मा न्यूयोर्क राज्यको एसेम्बली मेम्बरमा प्रथम पटक निर्वार्चित भएका थिए । त्यसदेखि हरेक निर्वाचनमा एसेम्बली मेम्बरमा निर्वाचन जित्दै आएका छन । उनी न्यूयोर्क राज्यको इन्सुरेन्स कमिटिको चेयरम्यान, कमिटि अफ बैंक, कमिटि अफ जुडीसरी, एसियन प्यासेफिक अमेरिकन ट्राक्सफोर्सको लगायतका राज्यको बिभिन्न कमिटि सदस्य रही काम गरिरहेका छन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.