रेडीयोमा लोक गीतको बारेमा बोल्दा बोल्दै गायक बने टंक


(सेलिब्रेटी नेपाल) काठमाडौँ
टंक तिमल्सिना अछाम कुइकामा जन्मियर २ बर्ष देखि नेपालगन्जको रेडीयो भेरी आवाजमा लोक दोहोरि गीतको कार्यक्रम चलाउँदा चलाउँदै लोक गीत संगीतमा मोह बढेर गायनमा आफ्नो करियर बनाउने उद्देस्यका साथ अघि बढी रहेका छन्। हाल सम्म उनले आधा दर्जन गीतमा आफ्नो आवाज दिइ सकेका छन्। उनको जुनी जुनी तिमि लाई माया गर्छु बोलको गीतको म्युजिक भिडियो पनि बजारमा आई सकेको छ र अर्को जब तिम्रो लगन पक्का भो को भिडियो पनि छिटै बजारमा आउन लागेको छ।
Tanka-Timlsina-singer
पहाडमा जन्मिएर नेपाली लोक गीत संगीत सुन्दै हुर्किएका टंकलाई पनि लोक गीत मार्फत थुप्रै श्रोताको मनमा बस्ने रहर छ। अहिले संगीतको बजार राम्रो नरहे पनि आफुलो आफ्नो काम गर्दै जानु पर्ने उनको विचार रहेको छ। उनि भन्छन ‘बजार घटे पनि गीत संगीत सुन्ने श्रोता घटेका छैनन् प्रविधिले गर्दा गायक गायिकाले पाउने रोयल्टीको समस्या मात्रै आएको हो।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.