अस्मिता र सुरजको ‘पिलेन उडाउनी’ मा नाजिर र स्मारिका (भिडियो)


काठमाडौँ। गीतकार तथा संगीतकार नरहरि प्रेमीले नयाँ गीत ‘पिलेन उडाउनी’ सार्वजनिक गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच गीतको भिडियो तथा अडियो सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल स्मारिका ढकाल फिचर्ड छन् ।

यो गीतमा पछिल्लो समयकी चर्चित गायिका अस्मिता अधिकारी र सुरज गुप्ताको स्वर छ । गायक गुप्ताको यो नै पहिलो गीत हो । उनले आफ्नो जन्मदिनको अवसर पारेर पहिलो गीत सार्वजनिक गरेका हुन् । यो गीतको भिडियोलाई राज कुमारले निर्देशन तथा सम्पादन गरेका छन् ।

नरहरी प्रेमीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतलाई बुद्ध थापाले छायांकन गरेका हुन् । डिएन गुप्ता निर्माता रहेको गीतको सहनिर्माता निर्मला देवी गुप्ता र सन्ध्या गुप्ता हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.