‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता पौडेलले घोषणा गरे नयाँ चलचित्र



काठमाडौं ।
ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले नयाँ चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् । आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेका छन् । यो चलचित्र आगामी साउन २४ गते रिलिज हुनेछ । १८ बर्ष अघि नरेश पौडेलले ‘अभिमन्यु’ नाममा चलचित्र बनाएका थिए।

विश्वभर हिन्दी र नेपाली भाषामा रिलिज हुने यो चलचित्रको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने संकेत गरेको छ ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहने ‘अभिमन्यु’ लाई सुशान्त गौतमले निर्देशन गर्ने छन् । मुकेश खनालले कथा लेखेका छन् । चलचित्रको क्रियटिभ निर्देशक मदन थापा रहेका छन् । चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । सह-निर्मातामा रमेश चौलागाइ र हरि श्रेष्ठ रहेका छन् । निर्माणपक्षले चलचित्रको कलाकार र कथावस्तुबारे विस्तृत जानकारी गराएको छैन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.