‘आउटलः दफा २१९’ ट्रेलरः सुशिलको एक्सन


काठमाडौँ। चलचित्र ‘आउटलः दफा २१९’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक गरिएको छ । फागुनको २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा अमित अग्रहरि र नीशा गुइडेको लगानी छ । फिल्ममा विक्की महर्जन र विनोद कठायतको पटकथा, नविन गुरुङको डीओपी छ । विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा सुशिल श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम महर्जन, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, मारिया कार्की र अयान परियारको अभिनय छ ।

विकास चौधरी सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्माता विनोद कठायत हुन् । साहिल खानको सम्पादन रहेको फिल्ममा चुल्ठे काजीको एक्सन निर्देशन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.