निर्देशक समाजले गर्यो आलोकनगर समुदायसंग मिलेर रक्तदान कार्यक्रम


काठमाडौ। नेपाल चलचित्र निर्देशक समाजले काठमाडौँ महानगर ३१ नम्बर वडाको आलोक नगर समुदाय संग मिलेर मिन भवनमा रहेको प्रीमियर कलेजमा रक्तदान तथा निशुल्क दन्त परिक्षण शिबिर संचालन गर्यो । चलचित्रकर्मीहरुको बाक्लो उपस्तिथि रहेको उक्त बृहत रक्तदान कार्यक्रम नेपाल चलचित्र निर्देशक समाज स्थापनाको २५ बर्षको उपलक्ष्यमा रजत जयन्ती मनाउदै आयोजना गरिएको हो ।

आलोक नगर समुदायका बुद्धिजीवि , समाजसेवी, सामुदायिक प्रहरी वृत्त नया बानेश्वरका प्रतिनिधि, सचारकर्मी , बिद्यार्थी लगायत आलोक नगर बासीहरुको बाक्लो उपस्तिथि थियो । चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डि .सि. र ३१ वडाका वडा अध्यक्ष सरोज ढकालको संयुक्त प्रमुख आतिथ्यमा संचालित उक्त रक्तदान कार्यक्रमका सभापतित्व निर्देशक समाजका अध्यक्ष जनक दीप पराजुलीले गरेका थिए ।

कलाकार संघका अध्यक्ष मोहन निरौला , चलचित्र संघका उपाध्यक्ष गोपाल काजि कायस्थ, कलाकार संघका निबर्तमान अध्यक्ष रबिन्द्र खडका, ब्लड डोनर्स एसोसिएसनका केन्द्रिय अध्यक्ष राजेश श्रेष्ठ, आलोक नगर समुदायका अध्यक्ष धुर्ब राज पोखरेल, शोभा भगवती लोकेश्वर महादेव मन्दिरका अध्यक्ष बोध राज श्रेष्ठ ,आलोक नगर टोल सुधार समितिका अध्यक्ष ढुन्डि राज पोखरेल , नेपाल आमा सेवाका अध्यक्ष देबी सुबेदी , बिनायक समाजका अध्यक्ष कुमार श्रेष्ठ , नेपाल भारत बिश्व मैत्री संघका महासचिव किरण राज रेग्मि, प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी नायब उपरीक्षक बिरेन्द्र गोदार , प्रीमियर कलेजका प्रीन्सिपल छबिलाल पान्डे , सामुदायिक प्रहरि सेवा केन्द्र पन्चकुमारिका प्रमुख बिना दाहाल , निर्देशक सम्झना उप्रेती रौनियार , रक्षा सिंह राणा , रमेश कोइराला , पुकार भट्टराई, कलाकार गोपाल ढकाल लगाएतको बिशेष उपस्थिति थियो ।

बिभिन्न संघ संस्थाको सहयोगमा आयोजित उक्त कार्यक्रममा रक्तदान संगै जागरण डेन्टल होम द्वारा निशुल्क दन्त परिक्षण तथा उपचार गरिएको थियो । ३१ न. वडाका वडा अध्यक्ष सरोज ढकालले चलचित्र निर्देशकहरुको रचनात्मक कामहरुमा आफुहरुले संधै सघाउने बताए भने चलचित्र बिकास बोर्डका अध्यक्ष डिनेश डि .सि.ले निर्देशक समाजले रक्तदान जस्तो पबित्र कार्यको आयोजना गरेकोमा प्रशंशा गरे।

निर्देशक समाजले यो बर्ष भरि नै रजत जयन्ती बर्ष मनाउने क्रममा यो दोश्रो कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष जनक दीप पराजुलीले बताए । यस अगि अघिल्लो हप्ता मात्रै समाजले बृहत चलचित्रकर्मी भेला तथा बनभोज कार्यक्रम आयोजना गरेको थियो । यस कार्यक्रम निर्देशक समाजको तर्फबाट सदस्य अमर ओलि र आलोक नगर समुदायको तर्फबाट अध्यक्ष धुर्बराज पोखरेल संयोजक रहेका थिए ।

Copyright © 2012 - 2026 | All Right Reserved.