‘होस्टेल ३’ मार्च १३ बाट युएइ,कतार र बहराइनमा एकसाथ रिलिज हुँदै


काठमाडौं। यही फागुन २३ गते रिलिज हुने तयारीमा रहेको नेपाली चलचित्र ‘होस्टेल ३’ नेपाल संगै बिदेशमा समेत चर्चामा रहेको छ।

चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै यसले विभिन्न रेकर्डहरू कायम गरेको छ । शुक्रवार रिलिज भएको ट्रेलरले दर्शकको व्यापक प्रतिक्रिया संगै विश्वका १३ देशमा ट्रेन्डिङमा समेत उपस्थीती जनाउन सफल बन्यो। चलचित्रका शशक्त कलाकार समेत रहेका आशिष पुरुषका अनुसार चलचित्र ‘होस्टेल ३’ मार्च १३ बाट युएइ,कतार र बहराइनमा एकसाथ प्रदर्शनमा आउनेछ। त्यहाँ रहेका नेपाली दर्शकमा पनि चलचित्र हेर्ने प्रतिक्षा रहेको आशिष पुरुषले बताए। चलचित्रलाई लेस्सेड इन्टरटेन्टमेन्टले युएइ,कतार र बहराइनमा प्रदर्शन गर्न लागेको हो।

सशान कँडेलले निर्देशन गरेको चलचित्रको ट्रेलरले कलेज तथा होस्टेल जीवनका अनुभव, रमाइला क्षणहरू तथा चुनौतीपूर्ण परिस्थितिहरूलाई प्रस्तुत गरेको छ । ट्रेलरमा मुख्य भूमिकामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायत रहेका छन् । अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि ट्रेलरमा देखिन्छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.