काठमाडौं । अशोक शर्माले आफ्नो निर्देशनमा बन्ने नयाँ सिनेमाको औपचारिक घोषणा गरेका छन्। शर्माको आगामी निर्देशन रहने सिनेमाको नाम ‘डबल ट्रिपल’ राखिएको छ । शर्माले फेसबुकमा शीर्षक पोस्टर पोस्ट गर्दै सिनेमाको औपचारिक घोषणा गरेका हुन् ।
सिनेमामा दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजाराम पौडेल, उदय सुब्बा, विल्सन विक्रम राई, माओत्से गुरुङ, बुद्धि तामाङ, रामप्रसाद खनाल तथा सुरविर पंडितको अभिनय रहनेछ । सिनेमाको कथा निर्देशक शर्माले राजेश सिटौलासँग मिलेर लेखेका हुन् । कमेडी जनरामा निर्माण हुने सिनेमा आगामी वर्षको फूलपातीमा रिलिज हुनेछ ।
सिनेमामा शम्भुजित बाँस्कोटाको संगीत, शान बस्न्यातको संवाद, आलोक शुक्लाको छायाँकन, राजु किराँतीको एक्सन तथा सुनिल क्षेत्रीको नृत्य निर्देशन रहनेछ । नगेन्द्र घिमिरे सिनेमाका निर्माण नियन्त्रक हुन् । यसैगरी सिनेमाको निर्मातामा किरण शर्मा पौड्याल, किर्ति शर्मा तथा अंकित शर्मा रहेका छन्।