कोइरालाको निर्देशनमा चलचित्र ‘बिगुल’ बन्ने


काठमाडौ । एक दर्जन भन्दा बढी व्यवसायिक तथा सचेतनात्मक सिरिजहरू तथा ठुलो पर्दाका चलचित्र ‘मनमनमा’,’लीला’,’निरमाया’ को निर्देशन गरि सकेका निर्देशक रमेश कोइरालाले फरक धारको राजनैतिक,सामजिक बिषय बस्तुहरूमा जोड दिदै पछिल्लो समय देशमा देखिएको बिकृति माथी चलचित्र निर्देशन गर्ने भएका छन । म्याग्नोलिया ग्रुपको निर्माणमा बन्न लागेको चलचित्रको टाइटल ‘बिगुल’ राखिएको छ भने यसका सम्पुर्ण प्राबिधिक तथा कलाकारहरू छनोट हुने क्रममा छन्। यस चलचित्रको प्रस्तुतकर्ता कल्पना पोडेल रहेकी छिन् ।

निर्देशक कोइरालाले सरस्वती पुजाको दिनमा चलचित्र बिकास बोर्डमा बिधिवत दर्ता गरि शिवरात्रीका अवसर पारेर औपचारिक घोषणा गर्दै चलचित्र निर्माण प्रारम्भ गरेका छन् । चितवन,नवलपुर,मकवानपुर,मनाङ र काठमाडौमा यसको छांयाकन हुने निर्देशक कोइरालाले जानकारी दिए । चलचित्र नयाँ बर्ष बैशाखबाट छायाँकनमा जाने तयारीमा रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.