काभ्रेको बल्थलीबाट ‘माग्ने राजा’ को छायाङ्कन सुरु


काठमाडौँ । फिल्म ‘माग्ने राजा’को छायाङ्कन सुरु भएको छ । महाशिवरात्रिको अवसर पारेर निर्माण युनिटले सूर्यविनायक मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको छायाङ्कन सुरु गरेको हो । फिल्मको छायाङ्कन काभ्रेको बल्थलीबाट सुरु भएको निर्माण टिमले जानकारी दिए। फिल्मको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन्।

एउटा गरिबको धनि बन्ने महत्वकांक्षाको कथामा निर्माण हुन लागेको फिल्मलाई ऋषि लामिछानेले निर्देशन गर्दैछन् । फिल्मका निर्माता मुनाल घिमिरे हुन् । नरेन्द्र मैनालीको छायाङ्कन रहने फिल्मको रिलिज मिति आगामी हरितालिका तीज बताइएको छ । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाइ आरआर फिल्म्सले वितरणको जिम्मा लिएको छ। फिल्ममा केदार घिमिरे, आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सन विक्रम राई र शिशिर वाङ्देल लगायतको मुख्य भूमिका रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.