रियालिटी शो ‘कमेडी किड्स’ को डिजिटल अडिसन खुला


काठमाडौँ। ‘वसन्त पञ्चमी’ को शुभ अवसरमा रघुजी फिल्म्सले घोषणा गरेको नयाँ रियालिटी शो ‘कमेडी किड्स’ को आज महाशिवरात्रीको दिनबाट डिजिटल अडिसन खुला गरिएको छ। रियालिटी शो ‘कमेडी किड्स’ मा भाग लिन इच्छुकले बढीमा २ मिनेट लामो भिडियो बनाएर व्हाट्स एप,जिमेल अथवा भाइबरमा पठाउन सक्नेछन्। भिडियो मोबाइलबाट खिचेर पठाउन सकिनेछ। सहभागीले एक्लै अथवा समूहमा भिडियो बनाएर पठाउन सक्नेछन्। डिजिटल अडिसनबाट छानिएकालाई फिजिकल अडिसनमा बोलाइने र उत्कृस्ट छानेर शोको फर्म्याट अनुसार कार्यक्रममा अघि बढाइने निर्देशक खनालले बताए। । भिडियो पठाउँदा आफ्नो नाम ठेगाना र सम्पर्क नम्बर अनिबार्य समाबेश गर्नुपर्नेछ । भिडियो पठाउने जिमेल comedykids.npl@gmail.com रहेको छ भने 9702091421 नम्बर रहेको छ ।

बालबालिकाहरुलाई लक्षित गरि निर्माण गरिने शोमा ४ देखि १४ वर्ष सम्म उमेर समुहकाले भाग लिन पाउने रघुजी फिल्म्सका संचालक रघुनाथ सापकोटाले बताए। सन्तोष खनालले निर्देशन गर्ने शोको जुरी टिम र अन्य टिम फाइनल भई सकेको र अब छिट्टै सार्वजनिक गरिने आयोजक टिमले जानकारी दिए ।

डिजिटल पार्टनर ओएसआर डिजिटल र भोटिंग पार्टनरमा ओएसआर कनेक्ट रहेको छ। रियालिटी शो रास्ट्रीय टेलिभिजनबाट प्रशारण हुनेछ । प्रतियोगितामा विजेताले नगद पुरस्कार प्राप्त गर्नेछन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.