अधिकृत श्याम राउतको ‘फूलको रङ्ग’ मा उषा र प्रभात


काठमाडौं । नेपाल सरकारका अधिकृत समेत रहेका गायक श्याम राउतको गीत ‘फूलको रङ्ग’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार प्रेमील गीतमा गायक श्यामलाई स्वरमा गायिका मिरा राउतले साथ दिएकी छन् ।

अर्जुन पोखरेलको संगीत रहेको गीतका शब्द गीतकार दयाराम पाण्डेले कोरेका हुन् । गीतमा एरेन्ज महाराज थापाको रहेको छ । एउटा प्रेमीले प्रेमीको सौन्दर्यको बर्णन गरेको गीतको भिडियोमा मोडल प्रभात पल ठकुरी र उषा उप्रेती फिचर्ड छन् । प्रभात र उषालाई रोमान्टिक जोडीको रुपमा भिडियोमा प्रस्तुत गरिएको छ ।
भिडियोको निर्देशन विक्रम स्वारले गरेका हुन् । उत्सव दाहालको छायांकन रहेको भिडियोलाई प्रविन भट्टले निर्देशन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.