सुमन आफ्नी प्रेमिका निशाको लागि जले(भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
पछिल्लो समयमा चर्चित रहेको गीत ‘गौरादहको बजारैमा’का गायक उजन नेम्बाङको चौथो एल्बम ‘तस्वीर’ मा रहेको ‘तिमीलाई खुशी मिल्छ भने’ बोलको गीतको भिडियो सार्बजनिक भएको छ। भिडियोमा नायक सुमन आफ्नी प्रेमिकाका लागि जलाई दिने कुरा गरिरहेका छन्। उजन र गायिका रजिना रिमालको स्वरमा सजिएको यो गीतमा उजनको आफ्नै शब्दमा रोशन लामाले संगीत भरेका हुन्। यस म्युजिक भिडियोलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् भने रामेश्वर कार्कीले खिचेका हुन्।
Suman-Nisha
उजनले यसअघि सन् २००७ मा ‘फ्रेण्डसिप’, सन् २०१२ मा ‘अन्तराल’ र सन् २०१३ मा ‘तनाब’ श्रोतालाई दिईसकेका छन्। दोस्रो एल्बम ‘अन्तराल’मा रहेको ‘रुवायो निष्ठुरी मायाले’ र ‘पोखराको तालमा घुम्न हामी जाउँ’को भिडियो दर्शकले निकै मनपराएका थिए भने ‘तनाब’ एल्बममा रहेको ‘गौरादहको बजारैमा’ गीतको भिडियो पनि निकै चलेको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.