‘मायावी’ को भजन गीत ‘माता विन्धवासिनी’ सार्वजनिक


काठमाडौँ। फागुनको १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मायावी’ को भजन गीत ‘माता विन्धवासिनी’ सार्वजनिक गरिएको छ । एसडी योगीको स्वर र संगीत रहेको गीतमा राम अविरल बिष्टको शब्द छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु नायक पल शाह, नायिका दीपिका प्रसाँई, नायिका करिश्मा श्रेष्ठ, कलाकार सुशिल सिटौला लगायतलाई फिचरिङ गरिएको छ । विन्धवासिनी मन्दिरमा नै छायांकन गरिएको यो गीतलाई दर्शकले मन पराउने विश्वास गरिएको छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ, लक्ष्मी गिरी, अन्सु महर्जन, राजाराम पौडेल, रवि डंगोल, रमा प्रसाँई, दीपेन्द्र सिंम्खडा, संगीता सिलवालको साथमा नव–नायक समीम खानको मुख्य भूमिका छ ।

राजु विक्रम थापाको डीओपी रहेको चलचित्रमा मिलन श्रेष्ठको सम्पादन छ । चलचित्रमा धुर्व न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ ।

चलचित्रमा राजु पराजुली र सुमित वलीको सह–निर्माण, प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माताको रुपमा छन् । फिल्ममा क्रियटिभ सिने आर्टस्का लागि नेम महर्जनको पनि लगानी छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.