‘कर्मा’को छायांकन सम्पन्न, चैत २९ गते नेपालसहित विश्वभर प्रदर्शन हुँदै


काठमाडौं । ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भएको ‘कर्मा’को छायाकंन सम्पन्न भएको छ । मंसिरको अन्तिम साताबाट सुरु भएको ‘कर्मा’को छायांकन दाङ आसपासका विभिन्न स्थानमा करिब ४६ दिन र काठमाडौंमा १२ छायांकन गरि छायांकन पूरा भएको हो ।

चलचित्र ‘कर्मा’को प्रदर्शन मिति नयाँ वर्षको अवसर पारेर चैत्र २९ तय गरिएको छ । नेपालमा रिलिज हुने दिनमै यो सिनेमा विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ । ओभरसिज मार्केटमा सेभेन सिज सिनेमाले चलचित्र रिलिज गर्ने लागेको हो ।

एक्सन जनरामा यो चलचित्र निर्माण भएको छ । ‘कर्मा’लाई विपीनको यो पहिलो एक्सन सिनेमा हो । जसले दर्शकमा अझै कौतुहलता बढाएको छ ।‘कर्मा’मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ । एक्सन ड्रामा जनरामा निर्माण भएको सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.