सन्तोष सेन निर्देशित ‘बलिदान’को छायांकन सकियो, नायिकाअझै सार्वजनिक गरिएन !


काठमाडौं । सन्तोष सेन निर्देशित चलचित्र ‘बलिदान’को छायांकन चार महिनामा सकिएको छ । निर्देशक सन्तोष सेनले कठिन परिस्थितिसँग जुध्दै उत्कृष्ट सिनेमा निर्माणको लक्ष्य पूरा गर्ने क्रमको छायांकन चरण पार गरेको जानकारी दिए । शुक्रवार मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानमा लिइएको अन्तिम दृश्यमा अभिनेता समीर भट्ट र अभिनेत्री ऋचा शर्माको अभिनय रहेको थियो ।

सिनेमाको सम्पादन कार्य अब छिट्टै सुरु हुने र पोस्ट प्रोडक्सनका क्रममा पनि कुनै सम्झौता नगर्ने निर्देशक सेनले बताए । सिनेमाको प्रदर्शन मितिबारे निर्देशक सेनले भने, ‘अब छिट्टै टिजर रिलिज हुनेछ, जसमा रिलिज मिति घोषणा गरिनेछ ।’

सिनेमामा अभिनेता समीर भट्टको प्रमुख भूमिका छ, भने सौगात मल्ल, अर्पण थापा, कामेश्वर चौरासिया, ऋचा शर्मा लगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रको नायिका को हुन् भन्ने बारेमा निर्माण टिमले अझै खुलाउन चाहेन। ‘बलिदान’को कथा नेपालको सार्वभौम भूमिमा भइरहेको शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको संघर्षमा आधारित रहेको बताइएको छ ।

सिनेमाको संगीतका लागि आर्टमान्डु टिमका सदस्यहरू गायक सुजन चापागाई, गीतकार हर्क साउद र निर्देशक नवीन चौहानको समूहले ‘बलिदान’का गीत, संगीत तथा ब्याकग्राउण्ड म्युजिकमा काम गरिरहेको छन् । आसुसेन फिल्मस् प्रालिको प्रस्तुति रहेको सिनेमामा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह-निर्माता रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.