‘मायाबी’को ट्रेलर सार्वजनिक,दिपिकाको बिहे हुनेभए पछि भावुक बनेका पल


काठमाडौँ। फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मायाबी’ को ट्रेलर सार्वजनिक गरिएको छ । रन्जना सिनेप्लेक्समा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरले माया प्रेम र बिछोडको कथा बोल्छ।

ट्रेलर रिलिज कार्यक्रममा कलाकारहरु नायक पल शाह, नायिका दीपिका प्रसाँई, नव–नायक समिम खान, कलाकारहरु प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ,अन्सु महर्जन, रवि डंगोल लगाएत निर्माण टिमको उपस्थिति रहेको थियो । ट्रेलर रिलिज कार्यक्रममा बोल्दै निर्देशक दिवाकर भट्टराईले लामो समय लगाएर उत्कृस्ट सिनेमा बनाएकोले दर्शकको साथ पाउनेमा बिस्वस्त रहेको बताए।

ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी रहेको फिल्ममा मञ्जु भण्डारी, राजु पराजुली र सुमिन ओली सह–निर्माताको रुपमा छन् । प्रविण भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको यो फिल्ममा नेम महर्जनको पनि लगानी छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.