‘दुखी आत्मा’को बुकिङ खुल्यो, मल्टिप्लेक्समा सुखद शोज


काठमाडौँ। भोलि शुक्रबार अर्थात फागुन २ गते देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘दुखी आत्मा’को बुकिङ खुल्ला गरिएको छ । यो फिल्मको देशका अधिकांश मल्टिप्लेक्सले बुकिङ खुलाएका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मप्रति प्रदर्शकहरु पनि आशावादी देखिएका छन् । जसकाकारण, फिल्मले मल्टिप्लेक्समा सुखद शोज पाएको छ ।

यो फिल्मलाई क्यूएफएक्स चेनले उपत्यकाका हलमा २४ शोज दिएको छ । यस्तै, बीग मुभिजले ३ शोज, वान सिनेमाज् नयाँ बाँनेश्वरमा ५ शोज, कालिमाटीमा ४ शोज, एफक्यूब सिनेमाज्मा ५ शोज, आइएनआई नयाँ बाँनेश्वरमा ४ शोज मिलेको छ ।

काठमाडौं बाहिर पनि यो फिल्मलाई सुखद शोज मिलेको छ । जसकाकारण, फिल्मले सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ । फिल्मको टिजर, ब्रेकअप कविता र ट्रेलरले दर्शकको साथ पाइसकेको छ । सामाजिक कथामा नयाँ नयाँ बिषय पस्कन सफल मानिएका दीपेन्द्रको यो फिल्मले यौन समस्याका कारण एक पुरुषले भोग्ने विभिन्न तनावको कथालाई प्रस्तुत गरेको छ ।

हिमाल कडरियाको निर्माणमा सुदिप ढकाल कार्यकारी निर्माता रहेको यो फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ लगायतका कलाकारहरुको अभिनय छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.