काठमाडौं । चलचित्र ‘कर्मा’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माणपक्षले चलचित्रका मुख्य कलाकार विपीन कार्कीलाई फिचर्ड गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको हो । कार्कीलाई ब्ल्याक जिन्स र फिट बडीमा देखाइएको छ । हातमा सर्ट गन बोकेका कार्कीको लुक्सअनुसार उनी बदलाको भावमा छन् ।
गेटअप, ड्रेसअप, फेसियल लुक्स र हातमा रहेका सर्ट गनले उनी एक्सन भूमिकामा रहेको प्रष्ट देखिन्छ । कलरसँग खेलिएको पोस्टरले पनि एक्सनको संकेत गर्छ । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहेको चलचित्र ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहनेछ ।
‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीको निर्देशन गरिरहेका छन् । ‘कर्मा’ चैत २९ गते रिलिज हुने तयारीमा छ । यो चलचित्रमा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेव लगायत कलाकारको अभिनय रहेको छ । एक्सन ड्रामा जनरामा निर्माण भैरहेको सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् ।