भ्यालेन्टाइन डेको दिन मधुशालामा ‘धीरज राई अनप्लग्ड नाइट’


काठमाडौं। यतिबेला भ्यालेन्टाइन्स सप्ताह चलि रहेको छ । गत फेब्रुअरी ७ देखि प्रारम्भ भएको भ्यालेन्टाइन्स सप्ताह आगामी १४ फेब्रुअरी अर्थात फागुन २ गते शुक्रवारसम्म जारी रहने छ । १४ फेब्रुअरी भने भ्यालेन्टाइन्स डेको रुपमा मनाइने गरिन्छ । माया गर्नेहरुको दिनको रुपमा परिभाषित गरिएको यो दिन नेपालमा पनि विभिन्न रमाइला तथा मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरिन्छ ।

यसैबीच, दरबारमार्गमा रहेको मधुशाला गीत गजल रेष्टुराँ एण्ड बारले पनि भ्यालेन्टाइन्स डेको अवसर पारेर एउटा विशेष सांगीतिक कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ । लोकप्रिय गायक धीरज राईले मधुशाला गीत गजलमा आफ्ना प्रेमिल गीतहरु प्रस्तुत गरेर उपस्थित मायालु जोडीहरुलाई मनोरञ्जन गराउने छन् ।

मधुशाला गीत गजलका अध्यक्ष गंगाराज राईका अनुसार मधुशालाको हाउस ब्याण्डसंगै गायक धीरज राईले आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गर्नका तयारी थालिसकेका छन् । सोलो कन्सर्टमा गायक धीरज राईले आफ्ना लोकप्रिय गीतहरु तिम्रा नयन, लुकी लुकी, सोइ ढोले सोइ, तिमी रुँदा, पर्खि रहेछु, कि बाँच्न देउसहितका आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछन् ।

मधुशालाका सञ्चालक जोर्डन राजभण्डारीका अनुसार ‘धीरज राईः भ्यालेन्टाइन्स अनप्लग्ड नाइट’ शीर्षक राखिएको उक्त विशेष कार्यक्रमलाई उद्घोषक सुशिल नेपालले सञ्चालन गर्नेछन् । इभेन्ट बेटर ग्यालेक्सीले व्यवस्थापन गर्ने उक्त कार्यक्रममा सहभागिता जनाउने मायालु जोडीहरुलाई मधुशाला गीत गजलले सरप्राइज गिफ्ट तथा विशेष छूटको समेत घोषणा गरेको छ ।

मधुशालाका अर्का सञ्चालक अमित श्रेष्ठका अनुसार भ्यालेन्टाइन्स डेका दिन मधुशालामा आउने जोडिहरुलाई केही सरप्राइ गेमहरु पनि खेलाइने छ । उक्त खेलमा विजयी हुने जोडिलाई विशेष उपहार प्रदान गरिनुका साथै विशेष छूटसमेत प्रदान गरिने छ ।

भ्यालेन्टाइन्स विशेष सांगीतिक कार्यक्रममा सहभागिता जनाउनका लागि रेष्टुराँले अहिलेदेखि टेबल बुकिङ खुल्ला गरेको जनाएको छ । १४ फेब्रुअरीको कार्यक्रममा सहभागिता जनाउनका लागि रेष्टुराँको फोन नम्बर 01-5918358 अथवा 9813253366 मा सम्पर्क गर्न सकिने छ ।