काठमाडौं । नेपाली ब्याण्ड ‘झिल्के एण्ड द कम्पनी’को गीत ‘राम्री बाहुन केटी’को भिडियो सार्वजनिक गरिएको छ। पोजिटिभ भाईब्स ईन्टरटेन्मेन्ट नेटवर्कद्वारा निर्मित यो भिडियो उनीहरूको आउँदो एल्बमको पहिलो रिलिज हो।
गीतमा स्टिभ देवानको स्वर, शब्द र संगीत छ । भिडियोमा ‘मिस नेपाल २०२४’की फाइनलिस्ट तथा ‘मेगा मोडल सिजन ४’का विजेता पुजा बराल, प्रवेश जोशी, प्रह्लाद ओली र बिपुला सिद्धान्त जोशीको अभिनय छ । भिडियोमा एक युवालाई उसको प्रेमिकाको विवाहको दिनमा प्रेमिकासँग भाग्न ‘झिल्के एण्ड द कम्पनी’ व्याण्डका सदस्यहरुले सहयोग गरेको कथा देखाइएको छ । बियोन्डको निर्देशन रहेको भिडियोमा कमल प्रसाईंको छायांकन र विकेश मगरको सम्पादन छ ।
झिल्के एण्ड द कम्पनीमा स्टीभ देवान (गायन र गिटार), बिशाल हाङ राई (बास गिटार), र दिप्सन केसी (ड्रम्स) छन् ।