‘हरिबहादुरको जुत्ता’ दशैँको फूलपातीमा


काठमाडौँ। दिपेन्द्र के. खनालको निर्देशनमा बन्दै गरेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले रिलिज मिति तय गरेको छ। सोमबार भक्तपुरको सूर्यविनायक मन्दिरमा मुहूर्त पूजा गर्दै शंखुबाट छायांकन थालिएको चलचित्र २०८२ को दशैँको फूलपातीमा रिलिज हुने भएको छ।

हरिवंश आचार्य, प्रियंका कार्की, प्रकाश सपुत, स्वस्तिमा खडका, किरण केसी, मुरलीधर,दिनेश काफ्ले लगायतका कलाकारको अभिनय रहेको चलचित्र ४५ दिनसम्म काभ्रे र काठमाडौंका विभिन्न लोकेसनमा खिचिनेछ। एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुने चलचित्रमा सरोज ओली र मोहितवंश आचार्य निर्माताको रुपमा रहेका छन्। सामाजिक र हास्यकथावस्तुमा बन्न लागेको फिल्म महजोडीको चर्चित पात्र हरिबहादुरको पात्रबाट प्रभावित हुनेछ । चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.