‘भ्यालेन्टाइन्स डे’ मा फिदिममा दीपक बज्राचार्यको कन्सर्ट हुने


काठमाडौं । प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ को अवसर पारेर पूर्वी पहाडी जिल्ला पाँचथरको सदरमुकाम फिदिममा अहिले सम्मकै सबैभन्दा ठुलो सांगीतिक कार्यक्रम हुने भएको छ । हेल्प टुगेदर फाउन्डेसन (एचटीएफ) फिदिमको आयोजनामा हुने उक्त कार्यक्रममा लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले प्रस्तुती दिने भएको हो ।

फाल्गुन २ गते शुक्रबार अर्थात भ्यालेन्टाइन्स डेको अवसरमा फिदिम मावि को चौरमा हुने उक्त सांगीतिक कार्यक्रमको लागि अहिले स्टेज बनाउने काम भैरहेको र फिदिममा अहिले सम्मकै ठुलो कार्यक्रम भएकाले साउण्ड सिस्टम र लाइटहरु धरान ,विराटनगर देखि ल्याउन लागिएको आयोजकले जानकारी दिए । गत हप्ता मात्रै भारतको पश्चिम बंगालस्थित कालिम्पोङमा भब्य साङ्गीतिक प्रस्तुति दिएको मन मगन गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले भब्य सांगीतिक प्रस्तुति दिन लागेको हो। कार्यक्रममा आफ्ना नयाँ र पुरानो गीतहरुको साथमा परम्परागत संस्कृति झल्कने लाखे नाच, झाँक्री नाच समेत प्रस्तुत गरिने ब्याण्डले जनाएको छ ।