झोला र नाइँ नभन्नू ल २ ले चार चार अवार्ड हात पारे


(सेलिब्रेटी नेपाल) काठमाडौँ
दोस्रो ‘एनएफडिसी चलचित्र अवार्ड २०७०’मा यादव भट्टराई निर्देशित चलचित्र’झोला’ले चार विधामा अवार्ड हात पारेको छ। शनिबार आर्मी अफिसर्स् क्लबमा नेपाल चलचित्र विकास कम्पनी लिमिटेडको आयोजनामा सम्पन्न कार्यक्रममा ‘झोला’ले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री र उत्कृष्ट सहअभिनेत्री विधामा अवार्ड हात पारेको हो। यादव भट्टराई, गरिमा पन्त र लक्ष्मी गिरीले क्रमशः निर्देशक, अभिनेत्री र सहअभिनेत्रीमा अवार्ड थापे।
त्यस्तै ‘नाइँ नभन्नू ल २’ले पनि चार अवार्ड हात पारेको छ। ‘नाइँ नभन्नू ल २’बाट वसन्त सापकोटा उत्कृष्ट संगीतकार,’काली’बाट कविराज गहतराज उत्कृष्ट नृत्य निर्देशक र ‘नाइँ नभन्नू ल’बाट पुरुषोत्तम प्रधान उत्कृष्ट छायांकार घोषित भए।
Garima-panta-nfdc-award
नृत्यका विविध प्रस्तुतिका बीच सम्पन्न अवार्ड कार्यक्रममा आर्यन सिग्देल फिल्म ‘महसुस’बाट उत्कृष्ट अभिनेता, ‘मञ्जरी’बाट गौरव पहारी नवअभिनेता र सुजाता कोइराला नवअभिनेत्री, ‘मौन’बाट अर्पण थापा उत्कृष्ट पटकथाकार, ‘राजनीति’बाट रमेश बुढाथोकी सहअभिनेता भए।

त्यसैगरी एलिस कार्की उत्कृष्ट पार्श्व संगीतकार (६ एकान ६), बद्री लामिछाने उत्कृष्ट सम्पादक (महसुस), राजेन्द्र खड्गी उत्कृष्ट द्वन्द्व निर्देशक (नथिङ इम्पोसिबल), अमित श्रेष्ठ उत्कृष्ट ध्वनि मुद्रक (मञ्जरी) र प्रेम परियारले पार्श्व गायक (नाइँ नभन्नू ल २)को अवार्ड थापे।

रमेश उप्रेती, करिश्मा मानन्धर, दिलिप रायमाझी, केकी अधिकारी लगायत कलाकारले नृत्य गरेको कार्यक्रममा ‘नाइँ नभन्नू ल २’ ले व्यावसायिक रुपमा सफल फिल्मको अवार्ड थाप्यो भने ‘मोक्ष’ले जुरी अवार्ड प्राप्त गर्यो। चलचित्र पुरस्कार शान्तिप्रियलाई प्रदान गरियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.