बिर्खे संग राते काइला


(सेलिब्रेटी नेपाल) काठमाडौँ
नेपाली चलचित्र हरु आपशामा जुदी रहेको समयमा आज भने एक नेपाली चलचित्र र एक हिन्दी चलचित्रको भिडन्त परेको छ। दर्शकले पर्दामा दुई चलचित्र ‘बिर्खेलाई चिन्छस्’ र ‘मेरी कोम’ हेर्न पाउने भएका छन्। स्टुपीड मनले आफ्नो रिलिज मिति सारे पछी‘बिर्खेलाई चिन्छस्’ नेपाली चलचित्रमा सोलो रिलिजको मौका पाउन सफल भएको हो।
Subash-thapa-birkhe
लामो समय रंगमञ्चिय अभिनयमा समय बिताएका सुबाश थापाले निर्माण गरेको चलचित्र हो बिर्खेलाई चिन्छस्। अराज केशव गिरीको डेव्यु निर्देशन रहेको ‘बिर्खेलाई चिन्छस्’मा सुवासको जोडीको रुपमा नव अभिनेत्री आयुषा राई देखिएकी छिन यिनीहरुको अलावा विनिता खड्का, सुरेस उप्रेती, बालदीप राई लगायतको अभिनय रहेको छ । जगदिश्वर थापाको कथा रहेको यो चलचित्रमा मोहित मुनालले सँगीत दिएका छन्।
sunil thapa
नेपाली खल–कलाकार सुनिल थापाको मुख्य भुमिकामा अभिनय रहेको चलचित्र ‘मेरी कोम’ सञ्जयलीला भन्सालीको ब्यानरमा निर्माण भएको हो। नेपाली सदाबहार कलाकार सुनिल थापाल यो चलचित्रमार्फत ३० बर्षपछि बलिउड अभिनयमा फेरी देखिएका हुन्। चलचित्रमा प्रियंका मुख्य भूमिकामा छिन्। बक्सिङ खेलाडी मेरी कोमको जिवनी माथि बनेको सो चलचित्रमा चोपडा मुख्य हिरोइन हुन भने उनको सपना पुरा गर्ने बक्सिङ गुरु सुनील थापा बनेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.