काठमाडौं । माघ २५ गतेबाट प्रदर्शनमा आउँ तयारीमा रहेको सिनेमा ‘ममी’ अहिलेको पुस्ताले खोजिरहेको जस्तै भएको निर्माणपक्षले दाबी गरेको छ । दर्शकलाई तर्साउँदै साइकोलोजिकल ड्रामाभित्र हरर इलिमेन्टसले सिनेमालाई कमर्सियल बनाएको ‘ममी’का कलाकार र निर्देशकको भनाइ छ ।
‘भूत हुन्छ भन्ने कुरामा आफूले विश्वास नगर्ने र जनवारमा त्यो आरोप लगाउने भन्ने त झनै हुँदैन,’ अभिनेत्री दीया मास्के भन्छिन्, ‘जनावारलाई नराम्रो देखाउने भन्ने त झनै हुँदैन । यस्तो काम यो सिनेमाले गरेको पनि छैन ।’
सिनेमा र निर्देशक न्यायाधीश नभएर समाजको ऐना भएकाले समाजमा जे छ त्यसलाई ‘ममी’मार्फत देखाउन खोजेको उनी बताउँछन् । समाजमा के भइरहेको छ भन्ने देखाउने प्राथमिकता सिनेमाको हुनु पर्ने र यसमा पनि त्यही रहेको उनको भनाइ छ ।
अभिनेत्री प्रियंका कार्की आफू बिरालोलाई निकै माया गर्ने व्यक्ति भएको बताउँछिन् । कालो बिरालोले बाटो काट्दा कसैले गाडी रोके किन रोकेको त्यसले हिँड्न नपाउने भनेर थर्काउने व्यक्ति आफू भएको उनले स्मरण गरिन् ।
‘कालो बिरालोमा भूतप्रेत हुन्छ भन्ने कुरामा आफूलाई कहिल्यै विश्वास थिएन । अब पनि हुने कुरा भएन,’ उनी भन्छिन्, ‘सधैँ स्क्रिप्टमा आएको कुरा सिनेमामा नउत्रिने भन्दै उनले यसमा भने त्यस्तो छैन । हरर भनेर हरेक ५÷५ मिनेटमा तर्साउने होइन । हररले ड्राइभ गरेर कसरी त्यो अवस्थासम्म पुर्याउँछ त्यो चाहिँ यो सिनेमामा छ ।’
अभिनेता सुलक्षण भारतीले सिनेमालाई इन्ट्रेस्टिङ बनाउन बिरालो प्रयोग गरिएको बताए । बोक्सी, भूत, कालो बिरालोले बाटो काट्ने कुरा केहीले नमाने पनि समाजको ठूलो तप्काले अहिले मान्ने गरेको उनको भनाइ छ । यसलाई कथा भन्ने माध्यमका रुपमा सिनेमामा प्रयोग गरिने सुलक्षण बताउँछन् । कथा भन्ने माध्यम हरर जनरालाई बनाउँदा बिरालो प्रयोग भएके उनको भनाइ छ ।
मान्छेको जिन्दगीसँग सबैभन्दा नजिक हुने जनावर कुकुर र बिरालो भएकाले त्यसलाई सिम्बोलको रुपमा चलचित्रमा राखिएको निर्देशक समर निरौलाले बताए ।
‘विरालोलाई बोक्सीको रुपमा चित्रित गरिएको छ । किन यो अन्धविश्वासका कुरा गरेको भन्ने कुरा पनि आयो । तर सिनेमा समाजको ऐना भएकाले समाजको कथा हामीले भनेका हौँ,’ उनले भने सिनेमाले के देखाउँछ, कस्तो कथा भन्छ त्यो त सिनेमा हेरे पछि मात्र थाहा हुन्छ ।’
तर्साउने सिनेमा भए पनि भूतको सिनेमा नरहेको उनले प्रष्ट पारे । डर सिर्जना गर्ने सिनेमा हो तर भूतको सिनेमा होइन उनले भने ।
नेपालमा हरर सिनेमाका दर्शक रहेको उनको भनाइ छ । नयाँ पुस्ताले हरर सिनेमा हेर्ने र यसको माग रहेको उनी बताउँछन् । दर्शकले खोजेजस्तो सिनेमा बनेको उनको दाबी छ । यही नै ‘ममी’को कमर्सियल भ्यालु भएको उनको भनाइ छ ।
हरर फ्यामिली ड्रामा सिनेमा ‘ममी’को मुख्य भूमिकामा प्रिंयका कार्की,दीया मास्के, र सुलक्षण भारती छन् ।
सिनेमामा प्रिंयका ,सुलक्षण र दीया मास्केसँगै, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन छ । समरको यो डेब्यू निर्देशन हो ।
सिनेमाको निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन् भने कार्यकारी निर्मातामा सुमन कोइराला छन् । सिनेमाको छायांकन निशल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका छन् । सम्पादन सुरेन महर्जनको छ ।
पाश्र्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आरपि, सम्पादनमा सुरेन्द्र महर्जन, एनवी महर्जनको द्धन्द्व निर्देशन, रंग संमयोजनमा दिपेश चौधरी तथा संगीतकारमा एसडी योगी रहेका छन् ।