एमाले अध्यक्ष झलनाथ खनालले चलचित्र को शुभ मुहर्त गरे



सेलेब्रिटी नेपाल मंसिर ११-एमाले अध्यक्ष झलनाथ खनालले चलचित्र खुर्पा को शुभ मुहर्त गरे दुर्गम जिल्ला कर्णालीको सेरोफेरोमा आधारित रहेर तयार हुन लागेको चलचित्रको सोमबार शुभमुहुर्त गरिएको हो । उद्धव अविदितको निर्देशनमा तयार हुन लागेको यो चलचित्रलाई महेश गिरीले निर्माण गर्न लागेका हुन् । खनाल करिब डेढघन्टा ढीलो पुग्दा भने उपस्थित चलचित्रकर्मी र पत्रकारहरुले उनलाई कुर्नु परेको थियो ।राजु विक्रम थापाको छायांकनमा तयार हुन लागेको चलचित्रमा जेनिशा के.सी, निस्तेज निरौला, श्रीयानी संग्रौला, विष्णुभक्त फुयाँलको अभिनय रहने छ । यही चलचित्रबाट नेपाली सिनेमाको पत्रकारीता गर्दै आएका रंग पत्रकार दिनेश दुलालले पनि चलचित्र नगरीमा डेब्यु गर्ने भयका छन् ।कर्णालीको विपन्नता, अशिक्षा, अन्याय र अत्यचार जस्ता बिषयलाई काठमाण्डौले आखा लगाउन नसकेको बिषयलाई चलचित्रले उठान गर्ने निर्माण पक्षको भनाइ छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.