‘एक्टरः टेक वन’ को प्रदर्शन स्थगित गर्न अदालतको आदेश


काठमाडौं। काठमाडौं जिल्ला अदालतले माघ १६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘एक्टरः टेक वन’ को प्रदर्शन स्थगित गर्ने आदेश दिएको छ । अदालतले यो फिल्मको प्रदर्शन हाललाई स्थगित गर्ने आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ढाकाराम पौडेलको इजलासले अन्तरकालिन आदेश जारी गर्दै छलफलका लागि दुबै पक्षलाई माघ २२ गते बोलाएको हो ।

सोमवार ग्राण्ड प्रीमियर गरिएको यो फिल्मको विभिन्न सिनेमा हलहरुले अग्रीम टिकट बुकिङ खुल्ला गरिसकेका छन् । गत शुक्रवार ‘एक्टर’ फिल्मका निर्माता सम्राट थापाले काठमाडौं जिल्ला अदालतमा शीर्षक जुधेको भन्दै ‘एक्टरः टेक वन’ को प्रदर्शन रोक्न माग गर्दै रिट निवेदन दर्ता गरेका थिए ।

फिल्मका निर्माता मनोहरी थापाले काठमाडौं जिल्ला अदालतले ‘एक्टरः टेक वन’ को प्रदर्शन रोक्न अन्तरिम आदेश दिएको पुष्टि गर्दै आगामी माघ २२ गते दुबै पक्षलाई छलफलमा बोलाइको समेत जानकारी दिएका छन् । ‘एक्टरः टेक वन’ ले सोमवार भक्तपुरको क्यूएफएक्स सिनेमा हलमा आयोजना गरेको ग्राण्ड प्रीमियर शोमा अधिकांश दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.