बाल मनोबिज्ञानको कथा बोल्ने चलचित्र ‘सारंग’ को ट्रेलर सार्वजनिक


काठमाडौँ। माघ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सारंग’ को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार ओस्कार कलेजका बिद्यार्थीहरु माझ एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर रिलिज कार्यक्रमको सहजीकरण ओस्कार कलेजका एकेडेमी कोअर्डिनेटर नवनिधि दाहालले गरेका थिए। कार्यक्रममा बिद्यार्थीहरु बिच चलचित्रको सुटिंग अनुभव साट्ने र बिद्यार्थीहरुको जिज्ञासा मेट्ने कार्य गरिएको निर्देशक प्रशान्त तामाङले जानकारी दिए। ‘सारंग’ सम्पूर्ण दर्हक्ले एक पटक हेर्नै पर्ने चलचित्र बनेको बोल्नेक्रममा सम्पूर्ण टिमले बताए।

ओएसआर डिजिटलबाट सार्वजनीक गरिएको ट्रेलरले एक परिवारमा सम्बन्ध बिच्छेदले निम्त्याउने कथा बोल्छ । निर्देशक प्रशान्त तामाङको लेखन,निर्माण अनि निर्देशनमा बनेको फिल्म बाल मनोबिज्ञान, बालअधिकार, धनी–गरिब परिवारबीचको खाड्लको यथार्थ कथा प्रस्तुत गरिएको बताइएको छ।

फिल्ममा ऋचा शर्मा,उत्पल झा,समीरमणि दीक्षित,सुरज तमु,मणि के राई,अनिषा न्यौपाने,निरज ब्ल्याक,बिश्व स्याङ्बो,दीपीका थापा,सुमन सागर जंग केसी,प्रभात श्रेष्ठका साथमा बालकलाकार द्वय सम्राट र आदित्य मुख्य भूमिकामा छन् । बाल मनोबिज्ञान, बालअधिकार, धनी–गरिब परिवारबीचको खाड्लको यथार्थ कथा प्रस्तुत गरिएको बताइने फिल्मको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन् । पुष्पा लिम्बू र बिनु गुरुङ सहनिर्माता रहेको फिल्म गोपाल रायले खिचेका हुन् । दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको सम्पादन मित्र डि गुरुङले गरेका हुन् । फिल्ममा शंकर थापा स्माइल र नकुल कार्कीको संगीत,स्वास्वत श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक, सुष्मा राईको कोरियोग्राफी छ। फिल्मलाई देशभर स्टेशन ५ ले बितरण गर्दैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.