‘मंगलम’ को सिक्वेल ‘मंगलम २’ निर्माण हुने



काठमाडौं । २०७४ सालमा निर्माण भएको फिल्म ‘मंगलम’ को सिक्वेल ‘मंगलम २’ निर्माण हुने भएको छ । छविराज ओझा र दिजेन्द्र शाक्यको निर्माण रहने फिल्म ‘मंगलम २’मा नवल नेपालको निर्देशन रहनेछ ।

छविराज प्रोडक्सन र गुण सिनेमा प्रालिको व्यानरमा ‘मंगलम २’ निर्माण हुनेछ । नवलले यसअघि यो व्यानरका दुई फिल्म ‘लज्जा’ र ‘मंगलम’ निर्देशन गरेका थिए । फिल्म ‘मंगलम’को गीत ‘पर्ख पर्ख मायालु’ अहिले पनि उत्तिकै लोकप्रिय छ । ‘मंगलम २’का लागि निर्माता ओझाले निर्देशक नेपाललाई आइतबार अनुबन्ध गरेका छन्। मंगलम’ मा पुस्प खड्का, शिल्पा पोखरेल, पृथ्वी प्रसाईं लगायत कलाकारको अभिनय रहेको थियो। निर्माता ओझाका अनुसार फिल्मका कलाकार तथा प्राविधिक केही समयपछि सार्वजनिक हुनेछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.