ज्योती राईको चलचित्र ‘नाक्छोङ’ शुभमुर्हत


काठमाडौँ। निर्माता ज्योतिराज राईको निर्माणमा बन्ने चलचित्र ‘नाक्छोङ’ (विजुवा) को मोरङको बेलाबारीमा शुभमुर्हत गरिएको छ । प्राय चलचित्रमा पण्डित पढाएर नरिवल फोरेर शुभ मुर्हत गर्दै आएकोमा ‘नाक्छोङ’ भने स्थानीय विजुवाले तीन चुला,र चिण्डोलाई पूजा गरेर पुर्खाहरुलाई सम्झदै शुभमुर्हत गराएका छन् । मुर्हत कार्यक्रममा थुप्रै चलचित्रकर्मीहरुको उपस्थिती रहेको थियो । छायांकन स्थलमा लेखक तथा निर्देशक नविन सुब्बा, लेखक निर्देशक मिलन चाम्स लगायतको उपस्थिती थियो । मुर्हतको सेटमा डिरेक्टर क्यामेरा कल नविन सुब्बा, स्थानीय बेलाबारी नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष बिक्रम वान्तवाले क्यामेरा रोल, निर्देशक मिलन चाम्सले क्ल्याप हानेका थिए भने मुर्हत सर्ट कलाकार याशेली योङ्हाङ र हेम दिलुङ्छाले दिएका थिए ।

मुर्हत पछी शुभकामना मन्तव्य दिदै निर्देशक नबिन सुब्बाले चलचित्र क्षेत्रमा राई जातीहरुको कथा कम आएको भन्दै सम्भावना बोकेका निर्देशक चलचित्रकर्मीहरुले अब आफ्नै कथा भन्ने बेला भएको बताए । उनले आफुले राईहरुको रहनसहनलाई ‘ गाउँ आएको बाटो’ मा केही देखाउन खोजेपनी त्यो पर्याप्त नभएको बताए । अर्का अतिथी निर्देशक मिलन चाम्सले ‘नाक्छोङ’ ले शुभमुर्हत नै पितृहरुलाई नै सम्मान गर्दै सुरुभएकोले पनि यसले ईतिहास रच्नेमा दुइमत नभएको बताए । ‘नाक्छोङ’ जस्ता चलचित्रहरु नै अन्तररास्ट्रीय बजारमा बिक्ने भएकाले अब यस्ता चलचित्रहरु बन्नु पर्नेमा जोड दिए ।

चलचित्र ‘नाक्छोङ’ का चलचित्र निर्माता ज्योतीराज राईले मुर्हतमा उपस्थित सम्पूर्ण अतिथी र टिमलाई धन्यवाद दिए । उनले चलचित्र ‘नाक्छोङ’ बिजुवाको निर्माणको गर्नुको औचित्य दर्शाए । उनले राई जातीहरुको हरेक कार्यक्रम चाडबाड, विवाह समारोह,रीति र भेषभूषा,कुल पितृ गर्ने लगायत हरेक अवस्थामा चाहिने बिजुवाको बारेमा निर्माण थालिएको ‘नाक्छोङ’ अन्तरराष्ट्रिय चलचित्र महोत्सवको लागी निर्माण गरिएको बताए । चलचित्रलाई ,लुङा, ज्युपैचो निर्देशन गरेका निर्देशक किरण राईले लेखन तथा निर्देशन गर्नेछन् । चलचित्रलाइ बाबु श्रेष्ठले खिच्नेछन् । चलचित्रमा याशेली योङ्हाङ, भुवन सिंह राई, सुस्मा सुब्बा, सरोज खालिङ, बबिन राई,अनुशा राई, सारा राई, त्रिचु राई, उत्तम राई, तयाहाङ राई , उदय सुब्बा कुरुम्बाङ, पूर्ण लिम्बु, दिनेश कोइराला, हेम दिलुङ्छा, बिनोद पोमो , प्रकाश सुब्बा, लगायतको अभिनय रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.