‘अञ्जिला’को पहिलो गीत ‘डल्ले डल्ले खुर्सानी’ मा दयाहाङ र मिरुनाको छमछमी


काठमाडौं । मिलन चाम्सको निर्देशनमा निर्माण भएको सिनेमा ‘अञ्जिला’को पहिलो गीत ‘डल्ले डल्ले खुर्सानी’ रिलिज गरिएको छ । बुधबार सार्वजनिक भएको सिनेमाको गीतमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर फिचर्ड छन् ।

राजन राज सिवाकोटीको शब्द रचना तथा संगीत रहेको गीतमा मेलिना राई र संगीतकार सिवाकोटीको स्वर छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीत राम कुमार केसीले खिचेका हुन् । आगामी फागु २९ गतेबाट प्रदर्शनमा आउने सिनेमाको सार्वजनिक गीतको अडियो र भिडियो उत्कृष्ट लाग्छ ।

मुनलभ इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमा ‘अञ्जिला’ नेपाली महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा सिनेमाको कथा समेटिएको छ । सिनेमाको मुख्य भूमिका पनि एञ्जिला स्वयंमले अभिनय गरेकी छन् । सिनेमा पूर्ण रुपमा एञ्जिलाको बायोपिक नभई केही काल्पनिक कथा समेटेर सिनेम्याटीक फ्लेवर दिइएको निर्देशक चाम्स बताउँछन् ।

सिनेमामा एञ्जिलासँगै दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ, प्रेम कुमार श्रेष्ठ, सुनिल थापा, मञ्जु श्रेष्ठ, सुरज तमु, वेदना राई, सुमिन गुरुङ, विरुप घले, सिद्धार्थ सिंह, बलदीप राई लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमामा प्रदीप भारद्धाज, यम थापा र गिरीराज घिमिरेको लेखन, सुदीप बरालको डिओपी, एलिस कार्कीको ब्याग्राउण्ड म्युजिक, राजन राज सिवाकोटी, हरि लम्साल र थानेश्वर गौतमको संगीत, समीर मियाँको भिएफएक्स, मिलन श्रेष्ठको सम्पादन र विनोद सुवेदी क्षेत्री (क्षितिज)को प्रोडक्सन डिजाइन रहेको छ ।

प्रेम कुमार श्रेष्ठ निर्माता रहेको सिनेमाको सह-निर्मातामा तुवेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया छन् । सिनेमालाई एप्पल इन्टरटेमेन्ट, एफडी कम्पनि र रिच इन्टरटेनमेन्टले वितरण गर्नेछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.