पल र दीपिकाको सिनेमा ‘मायावी’ को पहिलो गीत सार्वजनिक


काठमाडौं । निर्देशक दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘मायावी’को पहिलो गीत ‘त्यो माया हो’ सार्वजनिक गरिएको छ । बुधबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको गीतमा सिनेमाका मुख्य कलाकार पल शाह र दीपिका प्रसाई फिचर्ड छन् । सार्वजनिक गीतको भिडियोमा उनीहरुलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

आगामी फागुन १४ गते महाशिवरात्रीको अवसरमा रिलिज हुने सिनेमाको यो गीतमा एसडी योगीको संगीत, राम अविरल बिष्टको शब्द रचना र संगीतकार योगी र सदिक्षा कट्टेलको स्वर छ । यो गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

क्रियटिभ सिने आर्ट्सको व्यानरमा निर्माण भएको सिनेमामा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ । प्रविण भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको सिनेमामा मञ्जु भण्डारी, राजु पराजुली र सुमित ओली सह–निर्माताको रुपमा रहेका छन् ।

सिनेमामा पल र दीपिकासँगै प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ, समिम खान, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौडेल, रवि डंगोल, राम प्रसाई, दीपेन्द्र सिम्खडा, संगीता सिलवालको अभिनय छ । यो सिनेमामा शम्भुजित बास्कोटा र एसडी योगीको संगीत रहेको छ । राजु विक्रम थापाको डीओपी रहेको सिनेमालाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.