क्राइम थ्रिलर सिनेमा ‘११ः५५’ चैत्र ८ मा


काठमाडौँ। क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमा ‘११ः५५'(डु नट ट्रस्ट एनिवान)को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार अग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी चैत्र ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।

सिनेमाको सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकार महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज र डेव्यु अभिनेता सागर खनाल प्रस्तुत छन् । सिनेमाको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो । सिनेमामा निर्देशक पाण्डे संगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ । चलचित्रमा बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय रहेको छ।

अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले सिनेमामा प्रोडक्सन डिजाइनरको रुपमा रहेका छन् ।

बिचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । सिनेमाका कार्यकारी निर्माता एमएस अग्रज हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.