रेडियोकर्मी कर्मा लामा अब भिडियो मा


 


सेलेब्रिटी नेपाल मंसिर ११-बिगत एक दशक देखि रेडियोमा कार्यक्रम संचालन गर्दै आएका कर्मा लामा लाई अब टि.भि.मा हेर्न पाइने भएको छ। जोशिलो स्वरका धनि कर्मा लामा रेडियो श्रोताहरुका लागि नौलो नाम होइन अब कर्मा लामालाइ म्युजिक भिडियो मार्फत हेर्न पाइने भएको छ रेडियो प्लानेट 89.1 मेगाहर्जका म्यनेजिंग डाइरेक्टर र ग्रेस एफ एम का कार्यक्रम निर्देशक रहनु भएका लामा सानै देखि अभिनय क्षेत्रमा रुची रहेको बताउनु हुन्छ।

गायक अजित घिसिंग र कल्पना शर्मा द्वारा गाइएको छड्के कपाल बोलको गीत मा भिडियो मार्फत लामाले डेब्यु गर्दै छन् । उक्त भिडियो मा के कि अधिकारी , गायक अजित घिसिंग र राजेश लामाको पनि अभिनय रहेको छ । लामाले यस अघि नेपाली चलचित्र फाइटरमा सह नायकको रुपमा अभिनय गरिसकेका छन्। केहि दिनमै उक्त म्युजिक भिडियो रिलिज हुने निर्देशक् बिभोर पोख्रेलले सेलेब्रिटी नेपाल लाई जानकारी गराउनु भयो।