पूर्वमिस नेपाल निकिताको मधेशी लुक्स, ‘नीलो आकाश’ पोस्टर सार्वजनिक


काठमाडौं । निर्मल पौडेलको लेखन तथा निर्देशनमा बनेको छोटो फिल्म ‘नीलो आकाश’को पोस्टर सार्वजनिक गरिएको छ । यो फिल्मको शीर्ष भूमिकामा पूर्वमिस नेपाल निकिता चाण्डकले अभिनय गरेकी छन् ।

पोस्टरमा चाण्डकले मधेशकी ग्रामीण महिलाको चरित्र चित्रण गरेकी छन् । पोस्टरले उक्त चरित्रको भावनात्मक संवेदना प्रतिविम्बित गर्ने प्रयास गरेको देखिएको छ । ‘नीलो आकाश’ लाई ‘गाजलु’,’रोमियो एण्ड मुना’,’चौका दाउ’लगायतका कथानक फिल्ममा सहायक निर्देशन गरेका निर्मल पौडेलले निर्देशन गरेका छन् ।

फिल्म ‘नीलो आकाश’ले मधेशकी युवतीको व्यक्तिगत स्वतन्त्रताको कथा भन्छ । पोस्टरमा निकिता चाण्डकलाई मधेशकी विवाहित युवतीको रूपमा देखाइएको छ । यो फिल्मलाई महोत्सवमा प्रदर्शन गर्ने मेकरको तयारी छ । फिल्मलाई काफिया मिडिया र निर्मल फिल्मसको ब्यानरमा बनाइएको हो ।

निर्मातामा आस्था शर्मा र निर्मल पौडेल छन् । सहायक निर्मातामा तेजु पाण्डे, गणेश कञ्चन भारती छन् । छायांकन भारतका दिपङ्कर सिक्दरले गरेका हुन् । सम्पादन अनिमेष सापकोटाले गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.