५ दिने फिल्ममेकिङ मास्टरक्लास सम्पन्न


काठमाडौँ। चलचित्र विकास बोर्डको आयोजनामा ५ दिने ‘फिल्ममेकिङ मास्टरक्लास’ सम्पन्न भएको छ । ५८ जना चलचित्रका विद्यार्थी तथा चलचित्रकर्मिहरुको सकृय सहभागिता रहेको यस माष्टरक्लासको अन्त्यमा सहभागीहरूले ७ समुहहरू फेम चेजर्स, टिम यूनिटी, टिम लायन, रोरिङ ईगल, सिक्स बडिज्, टिम सुन्य, र्याण्डम क्रियटर्श नामबाट बिभाजित भएर २४ घण्टामा लघु चलचित्रहरू बनाएर प्रतिस्पधात्मक रूपमा प्रदर्शन गरिएको थियो ।

अंग्रेजी तथा अन्य विदेशी चलचित्र सरह दृश्य सोच तथा उत्पादन गर्न सक्ने क्षमता अभिवृद्धिको उद्देश्य का साथ सुरू गरिएको यस माष्टरक्लासलाइ अष्ट्रेलियामा चलचित्रमा स्नातकोत्तर गरेका सरोज कुमार चौहानले नेतृत्व गरेका थिए ।

चलचित्र विकास बोर्डको प्रेक्षालयमा सम्पन्न मुभि स्कृनीङ एवं फिल्ममेकिङ मास्टरक्लास क्लोजिङ समारोहको चलचित्र प्रतिस्पर्धाको निर्णायकहरूमा पूर्णेन्दु झा, दिपेन्द्र गौचन , सुशन प्रजापति, गौतम धिमाल रहेका थिए ।

चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले सहभागि तथा विजेतालाई अवार्ड तथा प्रमाणपत्र प्रदान गर्का थिए । यो कार्यक्रम सिनेपाल स्टुडियो, भैसेपाटीमा सञ्चालन भएको थियो । टिम सिक्स बडिज्ले निर्माण गरेको चलचित्र ‘सिगरेट’ ले अभिनय, निर्देशन, कला, स्कृप्ट प्रोडुशर सहित उत्कृष्ट चलचित्र बन्न सफल भयो । यो चलचित्र लाई कथा निरादेशन आर.डि लामाले गरेका थिए । त्यस्तै टिम युनिटीको चलचित्र ‘गिल्टी’ ले साउण्ड, छायांकन र सम्पादन अवार्ड जितेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.