चलचित्र संगीतमा मखमली नयन संगै लक्कीको उदय


(सेलिब्रेटी नेपाल) काठमाडौँ
नेपाली चलचित्र संगीतमा पछिल्लो समय थुप्रै युवाहरु उदाएका छन्। ती मध्यका एक हुन् लक्की सिटौला। ‘शीशा’मार्फत चलचित्र संगीतमा देखिएका सिटौलाले शीशा लगतै ‘धुन’को पनि संगीत सकाएका छन्। बिगत १५ बर्षदेखि सांगीकि क्षेत्रमा क्रियासिल सिटौलाको स.गीत रहेको ‘शीशा’ को ‘मखमली नयनसंगै नयन मिलाई… ’बोलको गीत अहिले चर्चामा छ। गीतको शब्द पनि उनी आफैले कोरेका हुन्। भने स्वर स्वरुपराज आचार्यले दिएका छन्। गहकिला शब्द तथा सुमधुर संगीतका कारण गीतले सफलता पाएको हो । ‘शीशा’का ४ गीतमा लक्कीले शब्द तथा संगीत दिएका छन् । भने ३ गीतमा उनको स्वर पनि छ।
luckky-sitaula-m
त्यस्तै चलचित्र ‘धुन’मा समाबेश ५ गीतमै उनको शब्द तथा संगीत रहेको छ । संगीतका तिन वटै विधामा उत्ति नै सक्रिय लक्की सिटौलाको नेपाली चलचित्र क्षेत्रमा राम्रो सम्भावना देखिएको छ । आफ्नै शब्द ,संगीत तथा स्वरमा केही एल्बम बजारमा ल्याएका लक्की अहिले फेरी अर्काे सोलो एल्बमको तयारीमा छन् । अडियो क्यासेट बिक्न छाडेकाले एल्बमको बजार ब्यबस्थापन नगरेको बताउने सिर्टाैलाले गीतमा म्युजिक भिडियो चाहीं भुषण दाहालको निर्देशनमा खर्च गरेर बनाएका छन् । भने अभिनय जीवन लुईटल तथा मोडल स्मानिको अभिनय छ।
Jiwan-Luitel-Luckky-sitaula
यो गीत ब्यबसायिक भन्दा पनि सन्देश मुलक रहेको लक्की बताउछन् । यसै बर्ष चलचित्र संगीतमा देखिएका सिटौलाको हातमा अहिले आधा दर्जन चलचित्र संगीतका क्रममा छन् । आफुले संगीत भरेको ‘धुन’ प्रर्दशनको क्रममा छ भनते अन्य चार ४ चलचित्र प्रि प्रोडक्सनमा रहेको सिटौला बताउछन् । करिब १०० वटा भन्दा बढी गीतमा संगीत गरि सकेका उनि कला र गला भगवानको बरदानबाटनै प्राप्त गर्नुपर्ने धारण अघि सार्दछन् । गीत संगीत भनेको छोटो समय र तडक भडक हुने खालका भन्दा पनि सदाबहार हुनु पर्ने धारणका सिटौला संगीतको पुरा प्याकेज दिने संगीतकार हन् । गीत संगीतमा आफुले सक्नेसम्म योगदान दिने उनको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.